कल्पना

Romanized: kalpanaa, kalpan, kalpana

स्मृतिपटमा अनौठा नयाँ कुरा वा वस्तुको प्रतिमा तथा रूपरेखा बनाएर काव्य, चित्र, प्रतिमा आदिका रूपमा उतार्ने वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्मृतिपटमा अनौठा नयाँ कुरा वा वस्तुको प्रतिमा तथा रूपरेखा बनाएर काव्य, चित्र, प्रतिमा आदिका रूपमा उतार्ने वा मूर्त रूप दिने क्रियात्मक मानसिक शक्ति।
२.
त्यसरी नदेखेको वा नसुनेको कुनै नयाँ र अनौठो कुरा मनले अजमाउने वा प्रस्तुत गर्ने काम।
३.
अनुमान; अन्जाम; तर्कना।
४.
सुन्दर रचना; कृति।
५.
सजावट, सिँगारपटार ।
६.
मनगढन्त कुरो; मनचिन्ते बोली।
७.
कुनै एउटा कुरालाई अर्को मानेर त्यसबाट भावसौन्दर्य प्राप्त गर्ने काव्यगत गुण।

सम्बन्धित शब्दहरू