कस्नु

Romanized: kashnu, kasnu

कुनै वस्तुलाई डोरीले मस्काउनु; बेस्करी बाँध्नु; टुऱ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स. क्रि. [प्राकृत कस्सण]

१.
कुनै वस्तुलाई डोरीले मस्काउनु; बेस्करी बाँध्नु; टुऱ्याउनु।
२.
पेच, ढिम्री आदि घुमाएर टम्म पार्नु।
३.
किनमेल गर्दा सकेसम्म मोल घटाउने प्रयास गर्नु; कसाकस गर्नु; घटाघट गर्नु।
४.
किफायत गर्नु; खर्च घटाउनु।
५.
करकापमा पारेर लिनु, पैसा पैसाको हिसाब गर्नु।
६.
स्रेस्तामा आम्दानीखर्च बाँध्नु ।

सम्बन्धित शब्दहरू