काठ
Romanized: kaatha, kaath, kath, katha
रुखका बोक्राभित्रको कडा वस्तु; रुख ढाली बनाइएका थाम, दलिन, बिम, निदाल, तखता आदि घर बनाउने सामग्री; कुर्सी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत कट्ठ८ संस्कृत काष्ठ]
१.
रुखका बोक्राभित्रको कडा वस्तु; रुख ढाली बनाइएका थाम, दलिन, बिम, निदाल, तखता आदि घर बनाउने सामग्री; कुर्सी, मेच, ढोका, टेबुल आदि तयार गर्ने कच्चा पदार्थ; टिम्मा।
२.
दाउरा ।
३.
मुला, गाजर, ग्याँठकोपी आदिमा छिप्पिएपछि गुदीका पत्रमा लाग्ने काठजस्तो साह्रो जालो।