कान्त
Romanized: kaanta, kaant, kant, kanta
इष्टजन; प्रिय व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
इष्टजन; प्रिय व्यक्ति।
२.
अनुराग राख्ने वा प्रेम गर्ने व्यक्ति; प्रेमी; मायालु।
३.
पति; लोग्ने; स्वामी (लक्ष्मीकान्त, श्रीकान्त इ.)।
४.
चन्द्रमा।
५.
वसन्त ऋतु।
६.
एक जातको फलाम।
७.
रत्न।
८.
कार्तिकयको उपाधि ।
९.
(विशेषण)
प्रिय र रुचिकर; कोमल र मनोहर।
१०.
सुन्दर।