कान्ति
Romanized: kaanti, kanti
दीप्ति; प्रभा; तेज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दीप्ति; प्रभा; तेज।
२.
शोभा; सौन्दर्य ।
३.
कामना; इच्छा।
४.
सुन्दरी स्त्री।
५.
दुर्गाको उपाधि।
६.
चन्द्रमाका सोह्र कलामध्ये एक।
७.
काव्यका दश गुणमध्ये रस उद्दीप्त गराउने एक गुण।