काम्रो
Romanized: kaamro, kamro
काम्रो (kaamro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
काम्रो(१)
(नाम)
१..
लाम्चा पात हुने, सेतो वा हरियो फूल फुल्ने, सेता बाटुला फल लाग्ने हाँगाभरि पातले भ्याम्मिएको एक वृक्ष।
२..
अमिलो खालको तरकारी र अचार बनाएर खाइने तथा आयुर्वेदमा ठन्डा गुण हुने र रक्तदोष, मूर्च्छा, रिंगटा आदिमा फाइदा गर्ने भनी बताइएको त्यसकै फूल वा कोसा; काब्रो।
काम्रो(२)
(नाम)
१..
हातगोडा आदिका हड्डी भाँचिएमा वा फुटेमा ठिक पार्नका लागि बाहिर कपडाले बाँधेर प्रयोग गरिने बाँस आदिको कप्टेरो।
२..
लिङ्गे पिङहरूमा बस्नका लागि काठका कप्टेरामा डोरीले बाँधी बनाइएको आसन।
३..
डोको, थुन्से, ढाकर आदिलाई बलियो र जब्बर तुल्याउनका लागि ठाउँ ठाउँमा घुसारिने दह्रो कप्टेरो।