कार
Romanized: kaara, kaar, kar, kara
कार (kaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कार(१)
(विशेषण [संस्कृत])
१..
नाम शब्दको पछाडि लागेर 'बनाउने', 'गराउने', 'रचना गर्ने' आदि कार्यबोध गराउने शब्द (ग्रन्थकार, कथाकार इ.)।
२..
काम गर्ने, कार्य गर्ने।
३..
(नाम)
वर्णमालाका अक्षरको पछाडि लागेर तिनलाई नामका रूपमा चिनाउने शब्द (आकार, उकार इ.)।
४..
अनुकरण आदि ध्वनिको बोध गराउने शब्द (हुड्ङ्कार; झङ्कार इ.)।
५..
पूरकका रूपमा आउने शब्द (केरकार, कोरकार इ.)।
कार(२)
(नाम [अङ्ग्रेजी])
1.
चार पाङ्ग्रा भएको, इन्धनले चल्ने सानो आरामदायी सवारी साधन; मोटरकार।