कारण
Romanized: kaarana, kaaran, karan, karana
प्रभाव वा परिणाम उत्पन्न गर्ने कुनै पनि मूल तत्त्व वा व्यक्ति; कुनै पनि कार्य, भावना आदिका निमित्तको हेतु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रभाव वा परिणाम उत्पन्न गर्ने कुनै पनि मूल तत्त्व वा व्यक्ति; कुनै पनि कार्य, भावना आदिका निमित्तको हेतु; अभिप्रेरणा वा आधार; हेतु; तर्क; आधार; प्रयोजन; उद्देश्य।
२.
उपकरण; साधन।
३.
काव्य वा नाटकको मूल वा कथावस्तु।
४.
प्रमाण दस्तावेज।