कोका
Romanized: kokaa, kok, koka
कोका (kokaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कोका(१)
(नाम [?])
1.
दक्षिणबाट उत्तरतिर बगेर बराहक्षेत्रमा कोसीसँग मिल्ने सानो खोलो।
कोका(२)
(नाम [नेवारी कका])
1.
तानमा धागाको टुंकी घुसारी दायाँबायाँ दुवैतिर वारपार छिराएर कपडा बुन्ने काठ; तानको बुनौटो।
कोका(३)
(नाम [अङ्.])
1.
पातहरू टिपी सुकाएर चिया जस्तै सेवन गरिने, दक्षिण अमेरिकामा पाइने एक जातको रुख वा त्यसै रुखको संस्कार गरिएको पात।