कोक्रो
Romanized: kokro
नानीहरूलाई सुताएर हल्लाउने काममा प्रयोग गरिने चोया, बेत, तार, पाट आदिबाट बुनेको टोक्रो; झुलना; कोर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्रोडक]
१.
नानीहरूलाई सुताएर हल्लाउने काममा प्रयोग गरिने चोया, बेत, तार, पाट आदिबाट बुनेको टोक्रो; झुलना; कोर्को।
२.
कैदीहरू हालेर बोकिने वा सजाय दिन झुन्ड्याइने टोकरी; तुरुङ।
३.
चोयाको टोक्रो; चोयाको पिँजडा।
४.
माछा समाउन बुनेको सानो ढडिया; माछा थाप्ने टोकरी।