क्रिया

Romanized: kriyaa, kriy, kriya

कुनै पनि काम भइरहनाको अवस्था वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै पनि काम भइरहनाको अवस्था वा भाव।
२.
तनमन र वचनले गरिने वा नित्य हुने कुनै पनि कार्य वा कर्म (दैनिक क्रिया, प्रातः क्रिया इ.)।
३.
कुनै पनि काम गर्ने चेष्टा, ढङ्ग वा विधि (लेखनक्रिया, शोधनक्रिया इ.); प्रयत्न।
४.
कुनै पनि क्षेत्रका रूप अथवा तीसित सम्बन्धित नियमअनुसार हुने काम (व्यावहारिक क्रिया, शल्यक्रिया इ.)।
५.
व्याकरणमा कार्यव्यापार जनाउने वा कुनै कार्य, घटना आदि हुनु-गरिनुको वाचक शब्द।
६.
मृतकको अन्त्येष्टि कर्म; किरिया।

सम्बन्धित शब्दहरू