क्लेश
Romanized: klesha, klesh, kles, klesa
कुनै आघात परेर वा चिन्ताका कारणले मानिस व्याकुल तथा सन्तप्त रहने कष्टपूर्ण मानसिक स्थिति; आन्तरिक दुःख, पीडा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै आघात परेर वा चिन्ताका कारणले मानिस व्याकुल तथा सन्तप्त रहने कष्टपूर्ण मानसिक स्थिति; आन्तरिक दुःख, पीडा वा वेदना।
२.
घरव्यवहारमा आपसमा हुने कलह वा मनोमालिन्य।