खरी

Romanized: kharee, kharii, khari

खरी (kharee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

खरी(१)

(नाम)
१..
ससाना खस्रा पात हुने, मसिना सेता फूल फुल्ने, मरिचका जत्रा दाना फल्ने र डाँठको बोक्रा सेतो हुने ठुलो एक रुख।
२..
निगालेझाँप्राको आकारका पात हुने, घोडालाई मन पर्ने, एक प्रकारको सानो झार; मुसेखरी।

खरी(२)

(नाम [संस्कृत खटी])
१..
सिलोट, धुलौटो आदिमा लेख्ने नरम जातको सेतो पत्थर।
२..
मादल, तबला आदिमा मढेका छालामा गोलाकार पारी लगाइने मसला।

सम्बन्धित शब्दहरू