गन्ज
Romanized: ganj, ganja
गारो वा भित्तोमा खोपैखोपा पारेर बनाइएको, परेवा पाल्ने काठको बाकस; परेवाको गुँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
गारो वा भित्तोमा खोपैखोपा पारेर बनाइएको, परेवा पाल्ने काठको बाकस; परेवाको गुँड।
२.
कलम, कर्द, चकमक आदि घुसारेर राखिने खुकुरीको दापमा जडिएको थपुवा खण्ड।
३.
नामका अन्तमा प्रत्ययका रूपमा लागेर बस्ती वा बजारको वाचक बन्ने शब्द; नगर; बजार (अमलेखगन्ज, महाराजगन्ज, नेपालगन्ज इ.)।