गम
Romanized: gam, gama
गम (gam) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गम(१)
(नाम [संस्कृत])
१..
हिँड्ने काम; गमन।
२..
प्रस्थान।
३..
बाटो; मार्ग।
४..
चाल; गति।
गम(२)
(नाम [अरबी])
१..
मनमा हुने गहिरो दुःख, शोक, मानसिक चिन्ता।
२..
पछुताउ; फिक्री।
गम(३)
(नाम [संस्कृत गम्य])
१..
विचलित नभईकन गरिने विचार; धैर्यपूर्वकको सोचाइ, गौर।
२..
प्रेम गर्दा प्रेमीप्रेमिकामा रहने गाम्भीर्य वा आन्तरिक विश्वास।
३..
भेउ; पत्तो।