गुरु
Romanized: guru
कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति; शिक्षक; अध्यापक। सङ्गीतकला आदि सिकाउने व्यक्ति; उस्ताद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति; शिक्षक; अध्यापक। सङ्गीतकला आदि सिकाउने व्यक्ति; उस्ताद।
३.
गायत्री, वेदमन्त्र आदि दीक्षा दिने व्यक्ति; आचार्य।
४.
बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ तथा आदरणीय वा पूज्य व्यक्ति; मान्य जन।
५.
छन्दशास्त्रअनुसार दुई मात्रा हुने अक्षर; दीर्घ अक्षर वा सो जनाउने चिह्न []।
६.
सङ्गीतमा एउटा दीर्घ वा दुइटा लघु मात्रा हुने तालको अंश।
७.
नवग्रहमध्ये एक; बृहस्पति।
८.
(विशेषण)
तौल वा भार भएको; कठिन (गुरुभार, गुरुकार्य इ.)।
९.
गाह्रोसित पच्ने वा पाक्ने (गुरुपाक)।
१०.
वजनदार; गहकिलो।
११.
बडेमाको; महत्त्वपूर्ण; ठुलो।