गोदावरी
Romanized: godaavari, godaawari, godawari, godaavaree
गोदावरी (godaavari) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गोदावरी(१)
(नाम [संस्कृत])
१..
बाग्मती अञ्चलको ललितपुर सहरका आग्नेय कोणमा रहेको हरेक बाह्र वर्षमा मेला लाग्ने एक प्रसिद्ध तीर्थ।
२..
दक्षिण भारतमा रहेको एक प्रसिद्ध नदी; हिन्दूहरूका पवित्र सात नदीमध्ये एक।
गोदावरी(२)
(नाम [फारसी गुलदाउदी])
1.
कुना कुना परेका नरम, भुवादार पात हुने र शरद् ऋतुमा केस्रादार सेता, पहेंला फूल फुल्ने एक बोट तथा त्यसैको फूल।