घुम्टो
Romanized: ghumto
प्रायः विवाहित स्त्रीहरूले मर्यादाका निम्ति कपाल छोप्ने पछ्यौरा; कपाल ढाक्ने पछ्यौरी वा सारीको फेर; छोपो… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गुण्ठ]
१.
प्रायः विवाहित स्त्रीहरूले मर्यादाका निम्ति कपाल छोप्ने पछ्यौरा; कपाल ढाक्ने पछ्यौरी वा सारीको फेर; छोपो घुम्टी।
२.
आमा, बाबु आदि आत्मीय जन मर्दा पर्ने संस्कार- कर्मअनुसारको आशौच वा जुठो।
३.
आकाशमा थपिँदै वा धुम्मिँदै गएको बादलको अंश। (उदा.- हिमालमाथि बादलले भर्खरै घुम्टो हालेको थियो।)
उदाहरण वाक्य
- हिमालमाथि बादलले भर्खरै घुम्टो हालेको थियो।