चाउरिनु
Romanized: chaaurinu, chaurinu, caaurinu, caurinu
चाउरे हुनु, चाउरी पर्नु; लोला पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चाउरी+नु]
१.
चाउरे हुनु, चाउरी पर्नु; लोला पर्नु।
२.
खुम्चिनु; साँघुरिनु।
३.
चुमुक्क पर्नु; विवश हुनु; अशक्त हुनु।