चिलाउनु

Romanized: chilaaunu, chilaunu, cilaaunu, cilaunu

शरीरको छाला सकसकाएर वा रगरगाएर असजिलो अनुभव हुनु, त्यसरी असजिलो अनुभव हुँदा नङ आदिले कनाउन मन लाग्नु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [चिल्+आउ+नु]

१.
शरीरको छाला सकसकाएर वा रगरगाएर असजिलो अनुभव हुनु, त्यसरी असजिलो अनुभव हुँदा नङ आदिले कनाउन मन लाग्नु; चिलचिलाउनु।
२.
खर्च गरिहालूँ भन्ने इच्छा हुनु; खर्च गर्ने इच्छा जागेर आउनु (जस्तो- हात चिलाउनु, पैसा चिलाउनु इ.)।
३.
पिट्न मन लाग्नु (जस्तो- हत्केला चिलाउनु)।
४.
यौनलिप्सा हुनु।

सम्बन्धित शब्दहरू