छाप्नु

Romanized: chhaapnu, chhapnu, chaapnu, chapnu

छाप्नु (chhaapnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

छाप्नु(१)

(सकर्मक क्रिया [छाप+नु])
१..
ब्लक, टाइप आदिका सहायताले चित्र वा अक्षर निकाल्नु; पुस्तक, पत्रपत्रिका आदि मुद्रण गर्नु।
२..
छापाद्वारा कपडा आदिमा बुट्टा हाल्नु; छिप्नु।

छाप्नु(२)

(सकर्मक क्रिया [संस्कृत स्थापन])
१..
ईंट, ढुङ्गा, फलेक आदि भुइँमा मिलाएर ओछ्‌याउनु; सेलिङ् गर्नु।
२..
रुवालाई कपडा आदिले ढाकेर मोहोर्नु।
३..
छोप्नु; ढाक्नु।

सम्बन्धित शब्दहरू