छिन्नु
Romanized: chhinnu, chinnu
कुनै कामकुराको टुङ्गो लाउनु; मुद्दामामिलाको अन्तिम निर्णय दिनु; सिद्ध्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत क्षीण]
१.
कुनै कामकुराको टुङ्गो लाउनु; मुद्दामामिलाको अन्तिम निर्णय दिनु; सिद्ध्याउनु।
२.
बाँकीबक्यौता, ऋण आदिको हरहिसाब चुक्ता गर्नु, फछ्र्याउनु।
३.
वस्तुको कुनै अवयव टुक्रिनु; टुट्नु; चुँडिनु।
४.
(अकर्मक क्रिया)
बर्कत घट्नु, दुब्लाउनु; शारीरिक अवस्था कमजोर हुनु।
५.
घरव्यवहारको आर्थिक अवस्था गिर्नु; ऋणले सताउनु।