छिप्पिनु
Romanized: chhippinu, chippinu
खस्रिनु; बाउँठिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत क्षीव+नु]
१.
खस्रिनु; बाउँठिनु।
२.
ठेकीको दही, घैँटाको जाँड आदि धेरै दिनको हुनु; पुरानो बन्नु।
३.
फलफूल आदि कलिलो अवस्था पार गरेर परिपक्व हुनु।
४.
बढ्नु; बाक्लिनु।
५.
सानो उमेरबाट प्रौढ अवस्थामा पुग्नु; उमेरदार हुनु।