छोप्नु
Romanized: chhopnu, chopnu
कुनै वस्तुलाई अर्को केही वस्तुले ढाक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत क्षिप्+नु]
१.
कुनै वस्तुलाई अर्को केही वस्तुले ढाक्नु।
२.
लुकाउनु; कसैलाई देख्न नदिनु; दबाउनु; गोप्य राख्नु; थाहा हुन नदिनु।
३.
कसैमाथि वा केही वस्तुमाथि जाइलाग्नु; झम्टनु; आक्रमण गर्नु; मौका पार्नु।
४.
बारबेर गर्नु; घेर्नु; बचाउ गर्नु।
५.
रोगव्याधले आक्रमण गर्नु।
६.
मूर्च्छा पर्नु, भूतप्रेत आदिले भेट्नु ।