जाति
Romanized: jaati, jati
जाति (jaati) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
जाति(१)
(अव्यय [संस्कृत])
1.
खास थोक, व्यक्ति वा पदार्थको बोध हुने एक प्रत्ययधर्मी शब्द; चाहिँ; थोक (केजाति, कोजाति आदि)।
जाति(२)
(नाम [संस्कृत])
१..
राष्ट्रियता र भौगोलिक सीमाका आधारमा छुट्टिने मनुष्यका जातिको विभाग।
२..
हिन्दु समाजमा वंशपरम्परा, संस्कार, धर्म, कर्म आदिका आधारमा छुट्टिने बाहुन, छेत्री आदि जात।
३..
शारीरिक बनावट, आकारप्रकार, गुण, स्वभाव आदिका आधारमा छुट्टिने वा चिनिने स्थावर, जङ्गम आदिको विभाग।
४..
आर्या, गीति आदि मात्रिक छन्द।