जित

Romanized: jit, jita

जित (jit) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जित(१)

(प्रत्य. [संस्कृत])
1.
नामबोधक शब्दका पछाडि जोडिई जित्ने अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (इन्द्रजित्, मारजित् इ.)।

जित(२)

(विशेषण [संस्कृत जित])
१..
वशमा पारिएको; कब्जामा लिइएको; जितिएको; पराजित; विजित (उदा.- जितप्रदेश)।
२..
वशमा पारेको (उदा.- जितलोभ, जितमोह)।
३..
(नाम) जित्ने काम; विजय; जित; जितबाजी (उदा.- यो जित जनताको जित हो)।

उदाहरण वाक्य

  • जितप्रदेश

सम्बन्धित शब्दहरू