जुरो

Romanized: juro

समेटेर टाउकाको एक ठाउँमा गुजुल्टो पारेको कपाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जूट]

१.
समेटेर टाउकाको एक ठाउँमा गुजुल्टो पारेको कपाल।
२.
साँढेका काँधमाथि भुक्क उठेको रौंदार मासपिण्ड।
३.
धान आदिका कुनिउँमा गुजुल्टो पारेर बनाइएको गजुर।
४.
जुरेली, डाँफे, लामपुच्छे आदि पक्षीका शिरमा उठेको ठाडो रौं।

सम्बन्धित शब्दहरू