जे सर्व
Romanized: je sarv, je sarwa, je sarw, je sharva
अनिश्चित, निर्जीव पदार्थका सट्टामा आउने र दुई वाक्यलाई जोड्ने सम्बन्धी सर्वनाम; जुन। (उदा.- जे गर्न मन छ,… उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
[संस्कृत य]
१.
अनिश्चित, निर्जीव पदार्थका सट्टामा आउने र दुई वाक्यलाई जोड्ने सम्बन्धी सर्वनाम; जुन। (उदा.- जे गर्न मन छ, गर। जे पायो त्यही नखाऊ)।
२.
(विशेषण)
अनिश्चित, निर्जीव पदार्थका सट्टामा आउने र दुई वाक्यलाई जोड्ने सार्वनामिक विशेषणको एक भेद; सम्बन्धी विशेषण; जुन। (उदा. काम गर्न मन पर्छ, गर)।
उदाहरण वाक्य
- जे गर्न मन छ, गर। जे पायो त्यही नखाऊ