पर्व
Romanized: parv, parwa, parw, parba
शुक्ल वा कृष्णपक्ष, तिथि, वार, नक्षत्र, योग, करण तथा महिनाका आधारमा निर्धारित पुण्यकाल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शुक्ल वा कृष्णपक्ष, तिथि, वार, नक्षत्र, योग, करण तथा महिनाका आधारमा निर्धारित पुण्यकाल ।
२.
चन्द्र वा सूर्यमा लाग्ने ग्रहण।
३.
धार्मिक, सांस्कृतिक वा सामाजिक दृष्टिले महत्त्वपूर्ण मानिने समय वा दिन; उत्सव; चाड।
४.
कुनै काम हुने वा गरिने विशिष्ट दिन; मौका; अवसर ।
५.
दुई वस्तु वा दुई अङ्ग जोडिएको ठाउँ; जोर्नी ।
६.
चतुर्मास ।
७.
औंलाका जोर्नीले छुट्टयाइएको खण्ड।
८.
कुनै विशेष घटना वा त्यस्तो घटना भएको समय (जस्तो- कोतपर्व, भँडारखालपर्व इ.)।
९.
महाभारत ग्रन्थको खण्ड।
१०.
तीन मात्रा वा अङ्गुल बराबरको नाप।