टक्कर

Romanized: takkar, takkara

टक्कर (takkar) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

टक्कर(१)

(नाम [संस्कृत टङ्कण])
१..
जडिएका रत्न वा मणिहरूको टलकझलक बढाउनका लागि तलतिर राखिने धातुको पातलो पत्र।
२..
गहुँको मैदा रयालेर बनाइएको, टीका, छाप आदिमा प्रयोग गरिने लेसिलो पदार्थ।

टक्कर(२)

(नाम [प्राकृत])
१..
व्यक्ति वा वस्तु अर्कासँग रगडिने वा ठोकिने काम; ठक्कर; धक्का।
२..
प्रतिस्पर्धा; प्रतिद्वन्द्विता; दाँजो।
३..
च्याम्पटी, ओखर, भुरुङ आदि घुमाउँदा नचली वा नहल्ली घुम्ने चाल।

टक्कर(३)

(नाम [संस्कृत तगर])
1.
मुलायम, सेता र सुगन्धी फूल फुल्ने, दुध निस्कने एक प्रकारको बोट; त्यसैको फूल।

सम्बन्धित शब्दहरू