ट्वाक्क
Romanized: tvaakka, tvaakk, twaakka, tvakk
ट्वाक्क (tvaakka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ट्वाक्क(१)
(क्रियाविशेषण [अनुकरण मूल ट्वाक्क])
१..
तरकारी, अचार आदिमा अमिलो, पिरो आदि पुगेर स्वाद पर्ने गरी; त्यस्तो तरकारी, अचार खाएर जिभ्रो फड्कार्दै।
२..
सानोतिनो ढुङ्गा वा त्यस्तै वस्तुले हान्दा शब्द निस्केर ।
३..
चराचुरुङ्गी आदिले ठुड्ने किसिमले।
४..
एक्कासि भेट हुने गरी; ठिकसित मिल्ने वा जोरिएर; ट्याक्क।
ट्वाक्क(२)
(क्रियाविशेषण [अनुकरण मूल ट्वाक्क])
1.
कुनै साह्रो वस्तुमा हिर्काउँदा हल्का आवाज आउने गरी।