ठहर
Romanized: thahar, thahara
ठहर (thahar) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ठहर(१)
(नाम)
१..
बैठक, सभा आदिद्वारा कुनै कुरा वा विषयमा विचारविमर्श वा छलफलपछि गरिने अठोट; पारित भएको कुरा ।
२..
मुद्दामामिलामा न्यायाधीश वा इजलासद्वारा गरिएको निर्णय।
३..
कुनै कामकुरामा सल्लाहले वा मनमनै गरिने निधो; निश्चय।
४..
बस्ने वा अड्ने ठाउँ; स्थान; थलो।
ठहर(२)
(नाम [संस्कृत स्थावर])
1.
खास गरी सालका पातहरूलाई सिन्काले खुटी सिप लगाएर गाँसिने, थालका आकारको साधन, ठुलो टपरी।