ठोक्नु

Romanized: thoknu

कसैलाई हात, लट्ठी आदिले जोडसँग हिर्काउनु; कुट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कसैलाई हात, लट्ठी आदिले जोडसँग हिर्काउनु; कुट्नु।
२.
फलामको घनले धातुका पाता, भाँडा आदिमा हान्नु; पिट्नु।
३.
गजाले ढ्याङ्ग्रो, दमाहा, नगरा आदि बाजा बजाउनु।
४.
कुनै वस्तुद्वारा अर्को वस्तुलाई वा मानिसले मानिसलाई नै ठक्कर दिनु।
५.
कसैलाई कुस्ती, पहलमानी, लडाइँ आदिमा जित्नु; परास्त गर्नु।
६.
कसैलाई तह लाउनु; साबित वा कायल पार्ने गरी भन्नु।
७.
कुनै कुरा वा विषयको निधो गर्नु; निर्णय गर्नु।

सम्बन्धित शब्दहरू