तपाईं
Romanized: tapaaim, tapaain, tapain, tapaaing
औपचारिक प्रसङ्गमा आफू भन्दा मान्य जनलाई 'तिमी' भन्दा माथिल्लो दर्जामा राखेर प्रयोग गरिने द्वितीय पुरुष,… उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सर्व [संस्कृत त्वम्]
१.
औपचारिक प्रसङ्गमा आफू भन्दा मान्य जनलाई 'तिमी' भन्दा माथिल्लो दर्जामा राखेर प्रयोग गरिने द्वितीय पुरुष, एकवचनको आदरार्थी शब्द। (उदा.- यस उपलक्ष्यमा तपाईंको उपस्थिति प्रार्थनीय छ। तपाईं घरबाट कहिले पाल्नुभो?)
२.
'तँ' को सट्टा व्यङ्ग्यार्थमा प्रयुक्त हुने शब्द। (उदा. हो, तपाईंकै गोडा मिचेर बस्नुपर्ला ! )
उदाहरण वाक्य
- यस उपलक्ष्यमा तपाईंको उपस्थिति प्रार्थनीय छ। तपाईं घरबाट कहिले पाल्नुभो?