थरघर
Romanized: tharaghar, tharaghara
जग्गा नापी गर्ने कारिन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थर+घर]
१.
जग्गा नापी गर्ने कारिन्दा।
२.
नेवार जातिका डङ्गोलको घरको मुली; नाइके।
३.
परम्परादेखिकै कुलीन मानिने परिवार; कुलघरान।
४.
पुर्खाहरूको निवासस्थान; कुलघर; मूल थलो।
५.
मध्यकालमा गोरखा दरबारमा र शाहकालमा राजाहरूको नियमानुसार राजसभा र युद्ध आदिमा भाग लिन पाण्डे, अर्ज्याल, पन्थ, राना, खनाल र बोहरा यी छ थरका एक एक व्यक्तिलाई राखेर बनाइने एक सङ्गठन; छथर।