दशा
Romanized: dashaa, dasha, dasaa, dash
अवस्था; हालत; परिस्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अवस्था; हालत; परिस्थिति।
२.
ज्योतिषशास्त्रअनुसार नवग्रह र योगिनीले भोग गर्ने समय; नवग्रह र योगिनीको भोगवर्ष।
३.
विपत्तिको समय; खराब दिन; अनिष्ट फलदायक ग्रहको समय; नराम्रो फल; दुर्दिन।
४.
पूर्वरागका दशवटा दशा (अभिलाषा, चिन्ता, स्मरण, गुणकथन, उद्वेग, प्रलाप, उन्माद, व्याधि, जडता र मरण)।
५.
विप्रलम्भ शृङ्गारका दश कामदशा (असौष्ठव, ताप, पाण्डुता, दुर्बलता, धैर्यको अभाव, अनालम्बनता, तन्मयता, उन्माद, अरुचि र मूर्च्छा।)