दृढ

Romanized: dridha, dridh, drdh, drdha

भित्री वा बाहिरी कुनै कारणले पनि आफ्नो स्थानबाट ढलपल नहुने; अचल; अडिग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भित्री वा बाहिरी कुनै कारणले पनि आफ्नो स्थानबाट ढलपल नहुने; अचल; अडिग।
२.
बलियो; दहो; दहिलो; हट्ठाकट्ठा।
३.
धेरै दिनसम्म अड्ने; टिकाउ; खपाउ।
४.
हेरफेर नहुने; फरक नपर्ने; पक्का।
५.
आफ्नो विचारमा अडिग रहने; सिद्धान्त स्थिर भएको।

सम्बन्धित शब्दहरू