देख्नु
Romanized: dekhnu
दृष्टिशक्ति वा आँखाद्वारा कुनै वस्तुको रूपरङ्ग, आकारप्रकार तथा दृश्य आदिको ज्ञान पाउनु; अवलोकन गर्नु; हेर्नु। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत दृक्षण]
१.
दृष्टिशक्ति वा आँखाद्वारा कुनै वस्तुको रूपरङ्ग, आकारप्रकार तथा दृश्य आदिको ज्ञान पाउनु; अवलोकन गर्नु; हेर्नु।
२.
कायल हुनु, चेत्नु।
३.
अनुमान गर्नु; अड्कल काट्नु; विचार गर्नु; ठान्नु; मान्नु। (उदा.- उसले पछि हुने कुरा पहिले नै देखेको हुन्छ।)।
उदाहरण वाक्य
- उसले पछि हुने कुरा पहिले नै देखेको हुन्छ।