धारण

Romanized: dhaarana, dhaaran, dharan, dharana

कुनै वस्तु राम्ररी लिने, समाउने वा बोक्ने काम; ग्रहण गराइ (जस्तो- वस्त्रधारण, कवचधारण इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु राम्ररी लिने, समाउने वा बोक्ने काम; ग्रहण गराइ (जस्तो- वस्त्रधारण, कवचधारण इ.)।
२.
शरीरमा लुगा, कपडा आदि लगाउने काम; पैराइ।
३.
उधारो वा ऋण लिने काम।
४.
सुरक्षित राख्ने काम; जोगारा।
५.
स्मरण गर्ने काम; सम्झौनी।

सम्बन्धित शब्दहरू