ध्रुव

Romanized: dhruv, dhruwa, dhruw, dhruba

सधैं एउटै अवस्था वा ठाउँमा रहिरहने; स्थिर; अचल; नित्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सधैं एउटै अवस्था वा ठाउँमा रहिरहने; स्थिर; अचल; नित्य।
२.
कुनै विषयमा कुनै किसिमको संशय नभएको; निश्चित; निस्सन्देह।
३.
(नाम) पुराणप्रसिद्ध भगवान्का भक्त तथा राजा उत्तानपादका रानी सुनीतितर्फका जेठा छोरा।
४.
उत्तरी आकाशमा सधैं अटल रहने प्रसिद्ध ठानिएको तारो।
५.
भूगोलका अनुसार मूमध्यरेखादेखि उत्तर वा दक्षिणपट्टि रहेको सबभन्दा टाढाको बिन्दु; देशान्तर रेखाहरू केन्द्रित भएर रहने पृथ्वीको उत्तर र दक्षिणको छेउ।
६.
आकाश।
७.
पर्वत।
८.
ज्योतिषशास्त्रका अनुसार एक योग।

सम्बन्धित शब्दहरू