नाक
Romanized: naaka, naak, nak, naka
नाक (naaka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाक(१)
(नाम [संस्कृत नाग=हात्ती])
1.
नेपालको उत्तरी पहाडी भागमा पाइने याकको पोथी; पोथी याक।
नाक(२)
(नाम [संस्कृत नासिका])
१..
सास फेर्ने र सुँघ्ने काम गर्ने दुइटा प्वाल भएको ओठमाथिको अवयव; नासिका; घ्राणेन्द्रिय।
२..
इज्जत; प्रतिष्ठा; मान मर्यादा।
३..
चरा आदिकको चुच्चो।