नाश
Romanized: naasha, naash, nasha, naasa
भइरहेको वा देखिइरहेको कुनै वस्तु नहुने वा नदेखिने स्थिति; अस्तित्वविहीन बन्ने स्थिति; विनाश; सत्यानाश;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भइरहेको वा देखिइरहेको कुनै वस्तु नहुने वा नदेखिने स्थिति; अस्तित्वविहीन बन्ने स्थिति; विनाश; सत्यानाश; विध्वंश; बरबादी।
२.
धामीझाँक्रीका अनुसार बोक्सी आदिको कुदृष्टि परी खानामा उत्पन्न हुने अरुचि वा त्यसरी अरुचि उत्पन्न गराउने कुदृष्टि; नाश-बिगार।