निकाल्नु
Romanized: nikaalnu, nikalnu
भित्र भएको कुनै वस्तु बाहिर झक्नु वा अन्यत्र कतै पठाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [निष्कासन+नु]
१.
भित्र भएको कुनै वस्तु बाहिर झक्नु वा अन्यत्र कतै पठाउनु।
२.
कुनै व्यक्तिलाई कुनै देश, ठाउँ, कामकाज आदिबाट हटाउनु।
३.
बसिरहेको देश, ठाउँ आदिबाट लखेट्नु; धपाउनु।
४.
थुनिएको वा रोकिएको कुनै व्यक्ति वा वस्तुलाई छुटाउनु; बन्धनबाट मुक्त पार्नु।
५.
लुकिरहेको वस्तुलाई बाहिर प्रकट गर्नु; प्रकाशमा ल्याउनु।
६.
अरूले पत्ता नलगाएको कुरो वा वस्तु पत्ता लगाउनु, कुनै नयाँ कुरो वा वस्तुको आविष्कार गर्नु।
७.
फुर्ती, ढाँचा आदि झक्नु।
८.
कुनै पदार्थमा बुट्टा वा बानकी निकाल्नु।