नेता
Romanized: netaa, net, neta
कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व्यक्ति; कुनै समाजमा नेतृत्व दिन सक्ने व्यक्ति; अगुवा; नाइके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व्यक्ति; कुनै समाजमा नेतृत्व दिन सक्ने व्यक्ति; अगुवा; नाइके।
२.
नाटक, महाकाव्य आदिको प्रमुख पात्र।
३.
लैजाने व्यक्ति; बाटो बताइदिने व्यक्ति।
४.
नायक; मालिक।
५.
(विशेषण)
कुनै दल वा जनसमुदायलाई असल बाटो देखाउने; नेतृत्व गर्ने।