पघार्नु
Romanized: paghaarnu, pagharnu
कठोर मनको व्यक्तिको हृदयलाई प्रार्थना आदिद्वारा दयालु बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [पघ्र+आर्+नु< संस्कृत प्रगालन]
१.
कठोर मनको व्यक्तिको हृदयलाई प्रार्थना आदिद्वारा दयालु बनाउनु।
२.
गाईभैँसीका थुनबाट सजिलोसँग दुध आउने पार्नु; थुनबाट कमलोसँग दुध झर्ने पार्नु; पगार्नु।
३.
लोभीलाई दानी तुल्याउनु।