पच
Romanized: pacha, pach, pac, paca
पच (pacha) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पच(१)
(नाम [संस्कृत])
१..
पच्ने काम; पाचन।
२..
अर्कासँग लिएको धनमाल फिर्ता नगरी आफैंले उपभोग गर्ने नियतले गरिने अधिकरण; लिएको लियै पार्ने काम।
पच(२)
(विशेषण [संस्कृत पञ्च])
1.
पाँच (पचभैया, पचहत्तर, पचासी आदि शब्दको आरम्भमा प्रयुक्त)।
पच(३)
(विस्मयादिबोधक [संस्कृत पश्च])
1.
नारिएका गोरुलाई पछाडि सार्न वा फर्काउनका निम्ति हलीले भन्ने शब्द (जस्तै- होरी पच)।