पचका

Romanized: pachakaa, pachaka, pachak, pacak

पानी आदि पन्यालो पदार्थ भरेर टाढासम्म पुग्ने गरी छर्कने ढु‌ङ्ग्राका आकारको बाँस, फलाम, पित्तल आदिको साधन;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल पचका]

१.
पानी आदि पन्यालो पदार्थ भरेर टाढासम्म पुग्ने गरी छर्कने ढु‌ङ्ग्राका आकारको बाँस, फलाम, पित्तल आदिको साधन; पिचकारी।
२.
स्प्रे गर्ने मेसिनको तरल पदार्थ फाल्ने ढँडोदार अवयव; पच्का।
३.
पम्प सेटको डेलिभरी पाइपको टुप्पाको निपल; सो निपलसहितको डेलिभरी पाइप।

सम्बन्धित शब्दहरू