पछुवा
Romanized: pachhuvaa, pachhuva, pachhuwaa, pachhuv
पछुवा (pachhuvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पछुवा(१)
(विशेषण [पछि+उवा])
१..
पछाडि रहेको; पछाडि परेको; पछि भएको।
२..
(नाम)
हात्तीका सवारीमा पछाडिपट्टि बस्ने (माहुतेभन्दा तल्लो दर्जाको) व्यक्ति।
३..
पोइल जाँदा आफ्ना पछि लागेर आएको; पहिलो लोग्नेतिरको पछिल्लो सन्तान।
४..
गोरुगाडा आदि सङ्कटमा पर्दा बैलवानलाई सहायता गर्न पछि लाग्ने व्यक्ति।
पछुवा(२)
(नाम [संस्कृत पश्चवात])
1.
पश्चिमतिरबाट पूर्वतिर बगेको हावा; लु।