पटपट
Romanized: patapat, patapata
केराका पातको डाँख्लो बिचमा केही भाग राखेर दुईतिर चिरी हल्लाएर बजाउँदाको शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल पट+अ (द्वि.)]
१.
केराका पातको डाँख्लो बिचमा केही भाग राखेर दुईतिर चिरी हल्लाएर बजाउँदाको शब्द।
२.
त्यस्तो शब्द निकालेर खेलिने खेल।
३.
हाँडीमा भुटिएका मकै आदि पड्कँदा आउने शब्द।
४.
लट्ठी आदि बारबार भाँचिरहँदा आउने शब्द।
५.
कुनै वस्तु लगातार फुट्दा आउने शब्द।
६.
केही पड्कँदा आउने शब्द।
७.
(क्रियाविशेषण)
त्यस्तो शब्द निस्कने गरी।