परम्परा
Romanized: paramparaa, parampar, parampara
पहिलेदेखि चलिआएको रीतिथिति; अविच्छिन्न रूपले चलिआएको क्रम वा सिलसिला; प्रथा; रूढि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पहिलेदेखि चलिआएको रीतिथिति; अविच्छिन्न रूपले चलिआएको क्रम वा सिलसिला; प्रथा; रूढि।
२.
क्रमबद्ध समूह; पङ्क्ति।
३.
पद्धति; प्रणाली; अनुक्रम।
४.
वंश; सन्तति।